राजेश्वोर ढकाल

दोहा-”शान्ति न्याय र राष्ट्रियताको पक्षमा इतिहासका गोरखालीहरु फेरी पनि उठौं,गतिशिल समज र संविधान निमाणका लागि प्रवासबाटै जुटौं” भन्ने मुल नाराका

गोरखा सेवा समाजका निर्वाचित कार्यसमितिका पदाधिकारीहरु

साथ गोरखा प्रवासी संघको छैठौं साधारण सभा गत शुक्रबार दोहा स्थित ढाका रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ ।
गोरखा प्रवासी संघका अध्यक्ष श्रीकृष्ण भट्टराईको सभापतित्व नेपाली दूतावासका महामहिम राजदुत डा.सूर्यनाथ मिश्रको

मैनबत्ती प्रज्वलन गरेर उद्घाटन गर्दै महामहिम राजदुत डा. सुर्यनाथ मिश्र तथा संरक्षक बद्री प्रसाद पाण्डे

प्रमुख आथित्यमा सम्पन्न सभामा विशेष अतिथि गैर आवासीय नेपाली संघ मध्यपूर्व संयोजक तथा गोरखा प्रवासी संघका संरक्षक बद्री प्रसाद पाण्डे ,गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष सागर नेपाल अतिथीहरुमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका बरिसता वरिष्ठ उपाध्यक्ष अजिजुर रहमान शेख ,प्रवासी नेपाली जनजाति महासंघका अध्यक्ष अमृत गुरुङ ,प्रवासी नेपाली मुस्लिम समाजका सचिव करिम बक्स मियाँ,कास्की आदर्श सेवा समाजका राम प्रसाद गौतम ,पाथिभरा सेवा समाजका अध्यक्ष बलबहादुर महत,उदयपुर सेवा समाजका राम सूयेल, सेफ्टी  अवारनेशका अध्यक्ष राधाकृष्ण देव ,नेपाली जनप्रगतिशिल मन्च  माचका अध्यक्ष होमनाथ शर्मा, नेपाली जनसम्पर्क समितीका महामन्त्री विमल सुवेदी, नेपाल लोकतान्त्रिक मन्च का उपाध्यक्ष  बिष्णु बहादुर विष्ट, कतार नेपाली एकता समाजका उपाध्यक्ष नरबहादुर थापा ,गैर आवासीय नेपाली मजदुर संघका अध्यक्ष भरोसी ठाकुर लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।

प्रमुख अतिथि नेपाली दूतावासका महामहिम राजदूत सूर्यनाथ मिश्र तथा अन्य अतिथीहरुबाट ब्यानर अनवरत र दिप प्रज्वलन गरिएको कार्यक्रमका संचालक गोरखा प्रवासी संघका सचिव गणेश बानियाले गरे भने स्वागत मन्तब्य संस्था कै उपाध्यक्ष आशबहादुर गुरुङले दिएका थिए ।
नेपाली दूतावासका महामहिम राजदूत सुर्यनाथ मिश्रले गोरखा प्रवासी संघले नेपालीको हक हितको लागि काम गर्नुको साथै नियोगसंग खेलेको भूमीका प्रसंसनिय रहेको बताउदै नियोगको अभियानलाई ३ बटा बुदामा प्रस्तुत गरेका थिए ।
१. अलपत्रमा परेका नेपालीलाई भोजन र टिकट उपलव्ध गराउनु ।
२.नेपाली श्रमजिवीहरुको विरुद्धमा ठगिदलालीशोषित निर्मुल पार्ने ।
३.नेपाली श्रमजिवीको रोजिरोटि ब्यवस्थीत बनाउने ।
यी माथीका बुदाहरुमा गोरखा प्रवासी संघले विगतमा पनि सहयोग गरेको र आगामि नयाँ बन्ने कार्यसमितीबाट पनि यस्तै अपेक्षा नियोगले राखेको बताए । उनले भने काम गर्ने क्रममा सवैलाई सन्तुष्ट पार्न नसकिने र एउटा नेपालीलाई परेको पीडा प्रति नियोग मूकदर्शक भएर बस्न नसक्ने बताउदै पीडितलाई न्याय दिने क्रममा अर्को नेपालीलाई चित्त दुखाई स्वभाविक हो, त्यसैले यस्ता आफ्नो कमजोरीलाई सुधार्न सुझाब दिए ।
विगत केहि बर्ष देखि नियोगले चालेको कदमलाई कतारमा रहेका संघसंस्था र मिडीयाहरुले उल्लेखनिया भूमीका खेलेको र नियोगले सबैलाई समान दृष्ट्रिले देख्ने बताउदै आगामी समयमा पनि नियोग नेपाली श्रमजिवीको  हकहित र अधिकारको पक्षमा नै रहने साथै सबै संघसंस्था,ब्यक्तिले धर्म र दायित्व सम्झिएर नियोगलाई सहयोग गर्नलाई पनि आव्हान गरे । अन्तमा   गोरखा प्रवासी संघको कार्यकालको पूर्ण सफलताको प्रशंशा गर्दै अव वन्ने नयाँ कार्यसमिती पनि चुस्त र सवल बन्न सकोस् भन्दै कामना गरेका थिए ।     
               गोरखालीले सम्पूर्ण नेपालको प्रतिनिधित्व गर्दै विश्वलाई चकित पारेको इतिहास अझ  पनि वर्तमानकै रुपमा विश्वले हेरिरहेको बताउँदै गोरखा प्रवासी संघ र यसमा आवद्ध सम्पूर्ण  गोरखालीले अझ  यो भन्दा बढि गर्नुपर्ने तर्क गैर आवासीय नेपाली संघ मध्यपूर्व संयोजक तथा गोरखा प्रवासी संघका संरक्षक वद्रीप्रसाद पाण्डेले राखे ।
गोरखा प्रवासी संघले पीडित नेपालीको पक्षमा खेलेको भूमीका प्रसंसनिय रहेको प्रवासी नेपाली मुस्लिम समाजका सचिव करिम बक्स मियाँले बताए । ब्यक्ति गत कुरालाई समाज र समाजको कुरालाई राजनितीमा नजोडन सम्पूर्ण संघसंस्थालाई आग्रह गर्दै प्रवासी नेपाली मुस्लिम समाजले कुनै पनि संस्थालाइ राजनितीक तवरले नर्हेन उनको तर्क थियो । आगामी बन्ने कार्यसमितीले गोरखाली मुस्लीमहरुलाई पनि समावेश गरेमा समितिले पूणता पाउने बताए । यस्तै अन्य बक्ताहरुले पनि गोरखा प्रवासी संघले सामाजिक कार्यमा गरेको योगदानको चर्चा गर्दै नयाँ बन्ने कार्यसमितीलाई शुभकामना दिएका थिए ।
कार्यक्रमका सभापति श्रीकृष्ण भट्टराईले आफ्नो विगतको कार्यकालको मुल्याङ्कन गरि राय,सल्ला र सुझाव दिनुभएकोमा धन्यवाद प्रकट गर्दै ,गोरखा प्रवासी संघले आगामि दिनहरुमा पनि राय र सल्लाहलाई आत्मसात गर्ने बताए । साथै नयाँ बन्ने कार्यसमिती नयाँ जोश,जाँगर,नयाँ अनुभवको साथ संस्थालाई अझ माथि उठाउन सकोस् भन्ने कामना पनि गरे ।
 
                    उक्त कार्यक्रममा नेपाली दूतावासका महामहिम सुर्यनार्थ मिश्रलाई संघका अध्यक्ष श्रीकृष्ण भट्टराई र संरक्षक पाण्डेले दोसल्ला ओढाई सम्मान गरिएको थियो । श्रमजिवी प्रवासी मजदुरको हकहित र अधिकारको निम्ती उनले खेलेको भूमीकाको कदर गर्दै संस्थाले सम्मान गरकेको हो ।
निर्वाचन समितीका संयोजक वालकृष्ण पौडेलले

कार्यक्रममा उपस्थीत अतिथिहरु

संघको बिषयमा नाम फेरवदल गर्ने निर्णय अन्तर्गत हालको विघटित पूर्व समितीको बैठकले विधान शंशोधन गरी गोरखा प्रवासी संघको नामलाई गोरखा सेवा समाज राखिएको सम्पूर्णलाई उपस्थितहरुलाई जानकारी गराउदै निवाचन प्रकिया अगाडि बढाएका थिए ।
नयाँ कार्य समितीहरु सवै सर्वसम्मतबाट चुनिएको र अध्यक्ष पदमा कसैको पनि आवेदन पर्न नआएपछि सवैको राय ,सुझाब तथा विगतको कार्यकालमा मुल्याङ्कन गर्दै पूर्व अध्यक्ष भट्टराईलाइ नै पदको नयाँ कार्यभार सुम्पिएको थियो ।
उक्त सभामा श्रीकृष्ण भट्टराईको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती गठन गरिएको छ । जस्मा उपाध्यक्ष-गणेश बानिया ,उपाध्यक्ष-आशबहादुर गुरुङ,सचिव-संजय पोखरेल,सहसचिव-जमिम मियाँ,कोषाध्यक्ष-दीपक अधिकारी,सहकोषाध्यक्ष-लेखनाथ बंजरा  छन । सदस्यहरु-राजेश्वर ढकाल,सुर्दशन भट्ट,दिनेश गुरुङ,ज्ञानेन्द्र अम्गाई,दुर्गा प्रसाद श्रेष्ठ,जगत राम वर्देवा “घायल”,तारानाथ ढकाल,इश्वरप्रसाद श्रेष्ठ,होमबहादुर वि.क .र एक सदस्य पछि पदपुर्ति गर्ने उक्त समितिले बताएको छ । निवाचित कार्यसमितीलाई संयोजक बालकृष्ण पौडेलले शपथ खुवाएका थिए । स्मरण रहोस गोरखा प्रवासी संघको नाम यसै साधारण सभाबाट गोरखा सेवा समाज राखिएको छ ।

छैठाै साधाराण सभाको उद्घाटन गर्दै महामहिम राजदुत डा. सुर्यनाथ मिश्र तथा संरक्षक बद्री प्रसाद पाण्डे