गजल

सुन साथी मेचीकाली उठ्नु पर्छ गजलमा

कोशी देखी कणर्ालीको कुरा उठ्नु पर्छ गजलमा

रात घात अन्धकारको कुरा त्यागेर अब

प्रभातको लालीको कुरा उठ्नु पर्छ गजलमा

भोको पेट नाङ्गो आङ्ग भरि बादल तुसारो बिचमा

झुप्रा चुहिने पालीहरुको कुरा उठ्नु पर्छ गजलमा

पाइदैन निकास अब चुपचुाप सहेर अन्याय

फटाहा जालीहरुको कुरा उठ्नु पर्छ गजलमा

माटो पाटो मुटु हृदय आफ्नै देस र परिबेस

उकाली ओरालीको कुरा उठ्नु पर्छ गजलमा

- अप्सरा के.सी “स्मृति”

तार्कु -३ , मैदाने, लम्जुङ्ग


गजल

— भरत चिन्तन

निर्माणको वर्ष हो यो जनताहरु जाग्नुपर्छ ।

राम्रो गाउ वनाउन एकजुट भै लाग्नुपर्छ ।।

अविभाज्य मुलुकको सार्वभौम राज्यसत्ता

विकेन्दि्रत संरचना संविधानमा माग्नुपर्छ ।।

जागरुक हात आजै सिर्जनामा कोप्न थाले

विकासमा भांजो हाल्ने तत्वहरु भाग्नुपर्छ ।।

अझैपनि तर्साउलान् सामन्तका वुख्यांचाले

नंग्याएर समाजसामु छालाकाढि टांग्नुपर्छ ।।

एकतानै बल हाम्रो गरौं भने के हुन्न र

उन्नतिको छलाङ्गले सगरमाथा नाग्नुपर्छ ।।

बल्ल पो म व्यबहारीक भएछु

औरख ठान्थे आफुलाई

पलास पो भएछु

मुल्यबान ठान्थे आफुलाई

तर निलाम पो भरे छु

धन कमाउने आशा बोकी

आज बिदेश धाएछु

सुःख के हो ? दुःख के हो ?

बल्ल पो चाल पाएछु

उ बेलामा बाबु आमालाई

सताउनु सताईछु

५२ डिग्रीको तातोले बाफिदा

बल्ल पो म होशमा आएछु

जिबन के हो ? जगत के हो ?

बल्ल पो म व्यबहारीक भएछु

- गोकर्ण भट्टराई

ताप्ले ८, गोरखा

हाल : दोहा कतार

गजल

मन भित्र माया हैन माया भित्र मन रहेछ

संसारको चल्तो पुुर्जो अभिष्टकारी धन रहेछ

माया उस्तै मन उस्तै सबै मान्छे समान छैनन्

संसारलाइ चलाउने मृदु भासी बचन रहेछ

उपदेश सधैं मीठो हन्न आफै माथी भर पर्छ

आफु लाइ कहाा लाने भाब बाचक तन रहेछ

जिन्दगीलाइ जसले जे परिभाषित गरे पनि

मलाइ लाग्छ जीबन भन्ने मन फोड्ने घन रहेछ

भरत कुमार रेग्मी

बिरुवा अर्चले -, स्याङ्गजा

हाल काठमण्डौ

sandeshsyabil@gmail.com

उसको समाधीमा

कालो छााया फसिरहेको त्यो बेला

रक्तपिपासुहरुको नाङ्गो नााचले त्यहाा

सारा कलेटी परेका ओठहरुमा बिभत्स चिर्थोछ

औंसीको रातमा चन्द्रमा खोज्नेहरुले

न्ौालो बिहानीको हत्या गरीरहेका हुन्छन्

पुत्र बियोगमा परेकी एउटी आमा साग

आकाशका तारा गन्ने धम्की दिदैछ किन ?

भन्नेहरु भनीरहेछन्

सुन्नेहरु सुनीरहन्छन्

तर छिमेकीको घरमा भाञ्जीको न्वारन

अझै भएको  छैन

भरीएको सिाउदो उजाडीएको त्यो कालो सााझमा

रगतले पोतिएको समाधीहरु म्ाथि

भ्ााडाका टट्टु हरु अनसन बसिरहेका हुन्छन्

तर अचम्म छ

तर अचम्म छ पुत्रको शव यात्रामा मेची रुन्छ काली रुन्छ

तर अहा नक्कली बाबुको नयनमा अश्रु छैन

त्यसैले त मृत्यु शैयामा राखिएको एउटा शवले

तबेलामा बााधेको एउटा घोडा फुत्काउन सक्दैन

उसकै आत्माको चीर शान्ति चाहान्छौ भने

अब कानमा तेल हालेर नबस

काली उठ, गोरी उठ जेठा उठ कान्छा सोच

अब माइलाको पालो सकियो

मृतात्माको शान्ति दिलााउ

दाल र रोटी साग गुन्द्रुक र ढीडो नसाट

रित्तिएका कााख र छुट्टाइएका गलाहरुको इतिहाास लेख

जब उसको समाधीमा लेखिन्छ गणतन्त्र

रखिदेउ उस्को पुरानाम लोकतान्त्रिक गणतन्त्र

यहिनै हो माओत्सेतुङ्गको राष्ट्रलाइ बचाउने मुल मन्त्र

हरि ज्वाला घिमिरे

पााचथर , नेपाल

गजल


चुलेसिको धारमाथी मेरो मुटु राख्यौ बैगुनी
लाखौ जुनि भेट नहोस् भनि देवता भाक्यौ बैगुनी
जगियाको चौघेरामा आगो साक्षि हुदा पनि
मेरो नामको सिन्दुर पुच्छ्र्दै अर्कै लिई भाग्यौ बैगुनी
रसरङ्गको धरातलमा मज्जा लिदै रम्दै हौलि
पराईको बाहुपासमा दिन खर्चेर बस्यौ बैगुनी
भौतिक सरिर दुई भएनी धड्कन हाम्रो एकै भन्थ्यौ
धनको पछि लाग्ने संग लोलोपोतो घस्यौ बैगुनी
साथि भाई इष्टमित्र नानाथरी साईनो दिनमा
साझ जब परेपछि अंगालोमा कस्यौ बैगुनी
नारित्वको कलङ्कमा आफ्नो नाम दर्ता गर्यौ
भित्री आत्मा कालो रैछ कति लाई डस्यौ बैगुनी
यो चोलामा परेपनि पिताम्बरले ढाकिनलाई
संसरको नजरमा पतित भई खस्यौ बैगुनी ।।


प्रमोद खनाल
गोरखा २ तान्द्राङ्ग
हाल, दोहा कतार

बिर गोरखाली

-रबिन्द्र नादान’’

हुँ ग्ाोर्खे भनि पटु कमरको खुकुरी देखाउछ ।

तिखा भाला तिरहरुले विर नेपाली चिनाउछ।।


बन्दुक तोप पटका, खेलौना आगो अहो।

किन्तु डर छैन मृत्युको ,विर नेपाली यो।।


काटियोस तर शिर झुक्दैन विर नेपालीको।

देखाइ पिठ भाग्दैन, पहिचान रहोस गोर्खालीको।।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.