गोरखा जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत गण्डकी अञ्चलको उत्तर पुर्वी सिमानामा अवस्थित छ । भौगोलिक दृष्टिकोणले अति विकट र विविधता भएको यस जिल्लाको पुर्वमा धादिङ जिल्ला -बुढी गण्डकी नदि) पश्चिममा तनहुा, लमजुङ र मनाङ जिल्ला -चेपे र मस्र्याङ्दी नदी) पर्दछ । उत्तरमा चीनको स्वशाषित क्षेत्र तिब्बत, दक्षिणमा चितवन र तनहुा जिल्ला -त्रिशुली र मस्याङ्दी नदी पर्दछ) यस जिल्लाको न्युनतम उचाई २२८ मिटर -त्रिशुली नदि किनार,मनकामना गाविसको त्रिवेणी घाट) र अधिकतम उचाई ८१५६ मिटर -मनासलु हिमाल) रहेको छ । यस जिल्लाको कुल क्षेत्रफल ३६१४.७ वर्ग किलोमिटर रहेको छ । जस अन्तर्गत १७.८६ प्रतिशत कृषी क्षेत्र, १६.३२ प्रतिशत घाासे मैदान, २४.४५ प्रतिशत वन क्षेत्र, ६.८६ प्रतिशत झाडी क्षेत्र र ३४.३९ प्रतिशत क्षेत्रमा हिउा, चट्टान तथा नदी रहेका छन् ।

संरक्षण क्षेत्र ः-

यस जिल्लाको उत्तरी भेगमा रहेका ७ वटा गाविसहरु -सिर्दिवास, विही, ल्हो, प्रोक, सामागाउा, चुम्चेत, छेकम्पारलाई संरक्षण क्षेत्रको रुपमा मनासलु संरक्षण क्षेत्र आयोजना -Manaslu Conservation Area Project- MCAP_ ले ब्यवस्थापन गर्दै आइरहेको छ । यस क्षेत्र मुख्य गरी हिमाल, चट्टान र घाासे मैदानले ढाकेको छ । यो क्षेत्र प्राकृतिक दृष्यावलोकन तथा बहुमुल्य जडिबुटीको भण्डार समेत मानिन्छ । यस संरक्षण क्षेत्रको कुल क्षेत्रफल १ लाख ६३ हजार तीनसय हेक्टर रहेको छ ।

राजनीतिक विभाजन ः-

राजनीतिक विभाजन अनुसार यो जिल्ला एक नगरपालिका तथा ६६ गाविसमा बिभाजित छ । यो जिल्लामा १३ वटा इलाकाहरु र ३ वटा निर्वाचन क्षेत्र रहेका छन् ।

जिल्लाको भौगोलिक अवस्था ः-

मध्य पहाडी क्षेत्र ः-

आरुघाटदेखि हर्मी भञ्ज्याङ सम्मको क्षेत्रभन्दा तलको क्षेत्रलाई मध्य पहाडी क्षेत्र भनिन्छ । यस क्षेत्रमा बाहुन क्षेत्री नेवार, मगर, गुरुङ, चेपाङ, दराई, वादी, दमाई, कामी, सार्की, कुमाल आदि जातिहरुको वसोवास रहेको छ । यस क्षेत्रमा अन्य क्षेत्रको दााजोमा यातायात, सञ्चार र वजारको सुबिधा विस्तार भएको छ । यो क्षेत्र गोरखाको घनावस्ती भएको सुगम शैक्षिक रुपमा पनि अगाडि र विकसित क्षेत्र मानिन्छ ।

उच्च पहाडी क्षेत्र ः-

आरुघाट, हर्मीभञ्ज्याङ देखिमाथिको क्षेत्रलाई उच्च पहाडी क्षेत्र मानिन्छ । यस क्षेत्रमा गुरुङ, मगर तामाङ समुदायका मानिसहरु झुण्डझुण्डमा वसोवास गर्छन् । यो क्षेत्र तल्लो क्षेत्रभन्दा अविकसित र शैक्षिक स्तरपनि पछाडि रहेको क्षेत्र मानिन्छ ।

उच्च हिमाली क्षेत्र ः-

जिल्लाको सुदुर उत्तरमा पर्ने विकट हिमाली क्षेत्रहरु यस अन्तर्गत पर्दछन् । हिउादमा प्राय हिउा पर्ने यो क्षेत्रमा चिसो हावापानी हुने भएकाले ज्यादै कम मानिसहरु मात्रै वसोवास गर्छन् । यो क्षेत्रमा यातायात सञ्चार विद्युत आदिको सुबिधा छै्रन ।

यातायात ः-

गोरखामा पक्की सडकको रुपमा आबुाखैरेनी देखि गोरखा सदरमुकाम सम्मको २४ किलोमिटर सडकमात्र रहेको छ भने अन्य मोटर वाटोहरु कच्ची सडक हुन् जसमा ६ हिउाद याममा मात्र मोटरहरु चल्न सक्छन् । गोरखाको क्षेत्र नं १ र २ का अधिकांश गाविसहरु मोटरबाटोले छोइसकेका छन् भने क्षेत्र नं ३ को प्रस्थान विन्दु आरुघाट र आर्खेत वजार सम्म मात्र कच्ची बाटो पुगेको छ ।

शिक्षा ः-

गोरखामा उच्च शिक्षा अध्ययनका लागि ६ वटा क्याम्पसहरु सञ्चालित छन् जसमा आङ्गकि क्याम्पसको रुपमा गोरखा क्याम्पस रहेको छ । जसमा शिक्षा शाष्त्र संकायमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्न सकिन्छ । गत शैक्षिक शत्रदेखि क्याम्पसले अंग्रेजी र पाठ्क्रम तथा मुल्याङ्कन विषयमा स्नातकोत्तर तहसम्मको अध्यापन गराउन थालेको हो ।

गोरखाको पहिलेा सामुदायिक क्याम्पस द्रब्यशाह बहुमुखी क्याम्पसले पनि गत वर्ष देखि मानविकी तथा सामाजिक शाश्त्र संकाय अन्तर्गत नेपाली विषयमा स्नातकोत्तर तहसम्मको अध्यापन गराउदै आएको छ । क्याम्पसले २०४९ सालदेखि ब्यवस्थापन मानविकी तथा शिक्षा शाष्त्र संकायमा स्नातक तहसम्मको अध्यापन गराउदै आएको थियो ।

गोरखाका अन्य क्याम्पसहरुमा भीमोदय क्याम्पस आरुघाट -ब्यवस्थापन तथा शिक्षा शाश्त्र संकाय) भवानी बहुमुखी क्याम्पस पालुमटार -ब्यवस्थापन तथा शिक्षा) परोपकार आदर्श बहुमुखी क्याम्पस जौवारी -ब्यवस्थापन तथा शिक्षा) दुल्लभ क्याम्पस मसेल घ्याम्पेशाल -शिक्षा शाष्त्र संकाय) रहेका छन् ।

गोरखा जिल्लामा रहेका यी ६ वटा क्याम्पसहरु बाहेक अन्य २० वटा उच्च माध्यामिक विद्यालयहरु रहेका छन् । जसमा

१. सरस्वती उच्च मावि बोर्लाङ्ग,

२. भगवती हिमालय मावि घैरुङ्ग,

३. रत्नेश्वर उच्च मावि दर्बुङ्ग,

४. ज्ञानमार्ग उच्च मावि घ्याल्चोक,

५. महेन्द्र लिला उच्च मावि हर्मी,

६. हिमालय उच्च मावि सौरपानी,

७. महेन्द्र ज्योति मावि दरवारमार्ग,

८. शक्ति उच्च मावि पाटेचौर,

९. ओल्ड क्यापिटल उच्च मावि रानीवन,

१०. विन्ध्यवासिनी उच्च मावि नारेश्वर,

११. शहिद स्मृति उच्च मावि बुंकोट,

१२. विजया भवानी मावि मकैसिा,

१३. जनकल्याण उच्च मावि श्रीनाथकोट,

१४. महेन्द्र उच्च मावि गोरखा नगरपालिका,

१५. महालक्ष्मी उच्च मावि लक्ष्मीवजार,

१६. ज्ञानज्योति उच्च मावि हंशपुर,

१७. मनकामना उच्च मावि मनकामना

१८. भैरवाश्रम उच्च मावि फुजेल

१९. सूर्यज्योति उच्च मावि ताकुकोट

२०. भवानी उच्च मावि मान्वु

यी उच्च माविहरुले शिक्षा,ब्यवस्थापन, मानवीकि र शिक्षा शास्त्र संकायमा विद्यार्थीहरुलाई सुलभ मुल्यमा अध्यापन गराई शिक्षाको लागि बाहिरिने परम्परालाई केही हदसम्म भनेपनि रोक्न सकेको छ । गोरखामा ७२ वटा विद्यालयले माध्यामिक कक्षा सञ्चालन गरिरहेको छ । माध्यामिक तहसम्म अध्यापन गराउने निजी विद्यालय ३ वटा मात्र रहेको छ । ओल्ड क्यापिटल उच्च मावि, सेन्ट जोसेफ ई स्कुल, सेन्ट मेरिज ई स्कुल ।

गोरखाको साक्षरता प्रतिशत ४८.४ प्रतिशत रहेको छ । कुल पुरुषहरुमध्ये ५७.४ प्रतिशत साक्षर छन् भने महिला ३१ प्रतिशत साक्षर छन् ।

स्वास्थ्य ः-

यस जिल्लाको सदरमुकाममा १५ शैयाको एउटा सरकारी अस्पताल छ । हालै गोरखामा निजी स्तरबाट दुईवटा अस्पताल खुलेका छन् । गोरखाली डाक्टरहरुकै पहलमा स्थापना गरिएको आमा बा हस्पिटल एण्ड रिसर्च सेन्टर नामक अस्पतालले विषेशज्ञ सहितको स्वास्थ्य सेवा दिन थालेको झण्डै ८ महिना भएको छ । प्रेम मेमोरियल हस्पिटल तथा रिसर्च सेन्टर गोरखाले पनि गत मंसीर महिनाबाट स्वास्थ्य सेवा प्रदान गर्न थालेकेा छ । आˆना दिवंगत वावु प्रेम बहादुर गुरुङको सम्झनामा उनका छोरा विनोद गुरुङले सो अस्पताल स्थापना गराएका हुन्. । युनाइटेड मिसनको सहयोगमा गोरखाको आापपीपलमा पनि आापपीपल अस्पताल रहेको छ ।

यी अस्पतालबाहेक गोरखा सदरमुकाममा १० वटा जति औषधी पसल रहेका छन् भने गोरखा जिल्लामा कति औषधी पसल रहेका छन् त्यसको यथार्थ तथ्याङ्क जिल्ला स्वास्थ्य कार्यालय गोरखा संग पनि छैन ।

जिल्ल्ााको आरुघाट, जौवारी तथा मनकामनामा गरी तीनवटा प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् भने बिभिन्न गाविसमा गरी ५६ वटा उपस्वास्थ्य चौकी रहेका छन् । उपस्वास्थ्य चौकीहरु उत्तरी गाविसहरुमा रहेका छ्रैनन् ।

पर्यटन ः-

गोरखा जिल्ला पर्यटनको अपार सम्भावना बोकेको जिल्ला हो । यसको माथिल्लो क्षेत्र साहसिक पर्यटन, अनुसन्धान भ्रमण तथा प्राकृतिक रुपमा पनि सुन्दर ठाउा भएकाले प्राय विदेशी पर्यटकहरु आउने गर्दछन् । हिमाल चढ्ने पदयात्रा गर्न मनपराउने पर्यटकहरुका लागि यो क्षेत्र उत्तम मानिन्छ । वर्षेनी मनासलु क्षेत्रमा ५ हजार भन्दा बढी पर्यटकहरु आउने गर्दछन् ।

गोरखाको मनकामना तथा गोरखकाली मन्दिरमा धार्मिक पर्यटकहरुको राम्रो आगमन हुने गर्दछ । मनकामना क्षेत्रमा वर्षेनी लाखौ पर्यटकहरु आउने जाने गर्दछन् भने गोरखाकाली मन्दिरमा कति पर्यटकहरु आउने जाने गर्दछन् यसबारे कुनै तथ्याङ्क छैन ।

गोरखा आउने पर्यटकहरु हिमाल चढ्ने धार्मिक पर्यटक समुदायमा आधारित पर्यटकहरु पदयात्रीहरु तथा अनुसन्धाताहरु बढी हुने गर्दछन् । गोरखामा पर्यटकको अत्याधिक संभावना भएपनि प्रचार प्रसार र आवश्यक पुर्वाधारको अभावका कारण पर्यटकहरुको वसाई गोरखामा लम्ब्याउन सकिएको छैन । उत्तरी गोरखामा वर्षेनी हजारौ पर्यटकहरु आएपनि त्यसको लाभ गोरखाले लिन सकेको छैन । उत्तरी गोरखा जाने पर्यटक धादिङ र लमजुङको बाटो हुदै सिधै उत्तरी गोरखा जाने गर्दछन् जसले गर्दा त्यसको लाभ गोरखाले लिन सकेको छैन । पाूजीको अभाव तथा जोखिम उठाउन नचाहने यहााका ब्यवसायीका कारण गोरखामा पर्याप्त मात्रामा होटलहरु पनि खुल्न सकेका छैनन् जसले गर्दा आएका पर्यटकहरु वास वस्न तनहुा जिल्लाको आाबुखैरेनी जानुपर्ने अवस्था रहेको छ । गोरखा प्रवेश गर्ने पर्यटकहरु आाबुखैरेनीमा वास बसेर भोलिपल्ट बिहानमात्र गोरखा आउने गर्दछन् र बेलुका वास बस्न आाबुखैरेनी नै पुग्ने गर्दछन् । जसले गर्दा यहााका ब्यवसायीहरुले केही लाभ लिन सकेका छैनन् । गोरखा बजारमा अलमल गर्ने ठाउापनि कम भएका कारण पर्यटकहरु चााडो र्फकन बाध्य भएका हुन् ।

मनकामना आउने पर्यटकहरु चितवन जिल्लाको चेरेसबाट केवलकार चढी मनकामना जाने गर्दछन् र उही दिन र्फकन्छन् । यसले गर्दा मनकामना आउने पर्यटकबाट पनि गोरखालीले लाभ लिन सकेको अवस्था छैन । यसवर्षको बजेटले मनकामना आएका पर्यटकलाई गोरखा ल्याउनका लागि सो क्षेत्रमा आवश्यक पुर्वाधार निर्माण गर्ने जनाएपनि हालसम्म सो काम हुन सकेको छैन ।

प्रचार प्रसारको अभावमा गोरखाका कतिपय पर्यटकीय क्षेत्रहरु अझै बाहिर आउन सकेका छैनन् । पर्यटकको अत्याधिक सम्भावना भएपनि पर्यटकबाट लाभ लिन नसक्ने गोरखाको नियती दुभाग्यपुर्ण छ ।

- बिनोद ढकाल / गोरखा

14 Responses to “गोरखा जिल्लाको परिचय”

  1. bhojraj regmi/india, haryana, gurgaon Says:

    hi
    you r missing janashakti mavi namjung.pls up load it

    1. gnaqtr Says:

      Thanks Bhojraj ji

      Please donot forget to visit the blog of Gorkha Prabasi Sangh,Qatar.

      Ganesh Baniya
      Secretary
      Gorkha Prabasi Sangh , Qatar

  2. Priyatama Gorkhali(Prakash Stha) Says:

    thanks for this information of gorkha district. Please include agriculture,culture, cast, historical importance and other imformation folder

    1. gnaqtr Says:

      Thank you for comments. Please if anything kindly provide me by mail on

      ganeshbaniya@gmail.com
      or

      gnaqtr@gmail.com

  3. indra Says:

    hi dear siri like yours website please sand me gorkhako informeson all of me i am indra from ktm and my add. is pandrung v.d.c word no.4 dholo pandrung masangaira gorkah

  4. Dipak Prasad Bhattarai Says:

    Dear Binod Dhakal jee
    Thanks for your information about Our District.
    But you missed: Dullav Higher Secondry School Ghyampesal. (at Masel VDC). I’ll like to request you to update this too, which is 2nd Plus two of Gorkha District.

  5. Dipak Prasad Bhattarai Says:

    Binodjee,
    You r doing good.
    I suggest u, to keep further information about this historical district.
    Thanking you
    Dipak

  6. gnaqtr Says:

    Dipak Prasad Bhattarai jee गोरखाका अन्य क्याम्पसहरुमा भीमोदय क्याम्पस आरुघाट -ब्यवस्थापन तथा शिक्षा शाश्त्र संकाय) भवानी बहुमुखी क्याम्पस पालुमटार -ब्यवस्थापन तथा शिक्षा) परोपकार आदर्श बहुमुखी क्याम्पस जौवारी -ब्यवस्थापन तथा शिक्षा) दुल्लभ क्याम्पस मसेल घ्याम्पेशाल -शिक्षा शाष्त्र संकाय) रहेका छन् । hernu hola

  7. aazad Says:

    यस ब्लगलाई म हृदय देखी नै धन्यवाद दिन चाहन्छु। किनकी यसबाट गोरखा जिल्लाको बारेमा धेरै कुराहरु जान्न मौका मिलेको छ । वास्तवमा यो ब्लगले सम्पूर्ण गोर्खालिको नै नेत्रित्तो गरेको छ र यो एउटा गोरखाबासीलाई मात्र नभयर सम्पूर्ण नेपालीको लागि नै गौरबको कुरा हो । तर यस्तो जिम्मेवेरी पूर्ण काम गर्न शुरू गरेको यस ब्लगले जिल्लाको भौगोलिक अवस्थाको बारेमा जानकारी दिने क्रममा ईस्लाम धर्मअबलम्बीहरुकोबारे मा चाँही लेख्न कन्जुस्याइ गरेको महशुस भएको छ । ब्लगमा “यस क्षेत्रमा बाहुन क्षेत्री नेवार, मगर, गुरुङ, चेपाङ, दराई, वादी, दमाई, कामी, सार्की, कुमाल आदि जातिहरुको वसोवास रहेको छ” भनेर लेखिएको छ तर मुस्लिम समुदयको कुनै नाम नै लियीएको छैन । जबकी मुस्लिम समुदाय अरु दलित तथा जनजातीहरुको तुलनमा धेरै छन । तेसैले:
    Please add about muslims also
    Thanks

  8. Dipak Prasad Bhattarai Says:

    Thank you very much.
    I just look at plus two so, i kept a comment.
    At that time, when we were at dullav school , Dullav was higher secondry only, later it becomes a college, Thank you anyway.

  9. deepak lamichhane Says:

    gorkha districe ko namjung ma parne janashakti ma vi is very good educaton and peacefully environment.

  10. krishna Says:

    hello deepak gi ma pani janashakti school padeko ho tapai ko inturdaction pauna la email id dinu la tapaiko

    thanks
    krishna prasad lamichhane

  11. Narayan Thapa Says:

    First of all thank you,
    Binod sir ,
    Hjurle lekhanu vyko kura…dherei janalai kam lag6 …aja ‘gorkah district ko agriculture, economic, bikaska kam r rojgariko , lagani ko sector ko barema information rakhanu vayma help hunthiyo…
    Thank you.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.