कार्त्तिक २४ गोरखा।

गोरखा प्रवासी संघ कतारले गोरखाका प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेलाई दुई वटा व्हीलचियर खरिदका लागि रु।१२ हजार सोमबार हस्तान्तरण गरेको छ । सङ्घका सचिव गणेश बानियाँ र संस्थापक अध्यक्ष वीरबहादुर थापाले सो रकम हस्तान्तरण गर्नुभएको हो ।

महिला विकास कार्यालय र जिल्ला प्रशासन कार्यालयमा आउने अपाङ्गहरूलाई कार्यालयको कामको सिलसिलामा आउन जान सजिलो होस् भनेर व्हीलचियर खरिदका लागि सो रकम दिएको सचिव बानियाँले बताउनुभयो ।

 

- गोरखाली अनलाईन डट कम

गणेश बानियाा

अगष्ट २२, २००९ / दोहा, कतार

नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको शुभ अबसरमा मनकामना साास्कृतिक परिवार, कतारले कोर्नीस स्थीत फेमेली पार्कमा  यही २१ अगष्ट, २००९मा एक तीज बिशेष कार्यक्रमको आयोजना गर्‍यो । मनकामना साास्कृतिक परिवार तथा गोरखा प्रवासी संघकाका सल्लाहकार बुधवल गुरुङ्ग,

गोरखा प्रवासी संघ तथा मनकामना सास्कृतिक परिवारको तीज बिशेष कार्यक्रम

गोरखा प्रवासी संघ तथा मनकामना सास्कृतिक परिवारको तीज बिशेष कार्यक्रम

 गोरखा प्रवासी संघका सचिब गणेश बानियाा, मनकामना साास्कृतिक परिवारका सल्लाहकार लाल ब. भट्ट, हरी नेपाली लगायतका अतिथीहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा मनकामना सास्कृतिक परिबारका कलाकारहरु तथा नेपाली चेलीहरुको उलेख्य उपस्थीति रहेको थियो ।

तिज बिशेष कार्यक्रममा नृत्य प्रस्तुत गर्दै सबिना बानिया

तिज बिशेष कार्यक्रममा नृत्य प्रस्तुत गर्दै सबिना बानिया

प्रवासमा रहेर नेपाली कला र संस्कृतिको संरक्षणमा मनकामना साास्कृतिक परिवारले चालेको कदम प्रति प्रसंशा गर्दै अतिथीहरुले आगामी दिनहरुमा अझ यस संस्थाले उच्चता कायम गरोस् भन्ने सुभेच्छा व्यक्त गरेका थिए । उक्त कार्यक्रममा नेपाली चेलीहरुले गाएको तीज गीतले फेमेली पार्कनै संगितमय भएको थियो भन्ने पार्कमा रहेका अन्य देशका नागरिकहरुले समेत बिशेष चासोका साथ कार्यक्रमको अबलोकन गरेका थिए । मनकामना साास्कृतिक परिवारले उक्त कार्यक्रममा  उपस्थीत नेपाली चेलीहरुलाई दर समेत खुवाएका थिए ।

दर खादै फेमेली पार्कमा कतारमा कार्यरत नेपाली चेलीहरु

दर खादै फेमेली पार्कमा कतारमा कार्यरत नेपाली चेलीहरु

अध्यक्ष आश ब.गुरुङ्गको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिब प्रेम अर्यालले गर्नु भएको थियो भने अतिथि तथा सम्पुर्ण दर्शकहरुलाई स्वागत मन्तव्यबाट स्वागत मनकामना साास्कृतिक परिवारकी उपाध्यक्ष साबित्री गिरीले गर्नु भएको थियो। 

 

 

विनोद ढकाल, रेडियो गोरखा -

सरल ब्याजदरमा ऋण पाएपछि गोरखा मकैसीं गाउं विकास समितिका चेपाङका घरमा अहिले गोबरग्यांसमा खाना पाक्न थालेको छ । गोबरग्यांसका बारेमा केहि थाहा नपाएका चेपाङहरु अहिले त्यसमै खाना पकाउन पाउंदा दंग परेका छन् । स्थानिय कोलडांडा चेपाङ सामुदायिक वन उपभोक्ता समुहले उपभोक्ताहरुलाई सरल ब्याजदरमा ऋण दिएपछि ३१ घर उपभोक्ताले गोबरग्यांस प्लान्ट निर्माण गरेका छन् । तीमध्ये १५ घर चेपाङ रहेका छन् ।

निम्न आयस्तर भएका चेपाङहरुले मासिक रुपमा तिर्नेगरी ऋण पाएपछि गिटी बालुवा आफै जम्मा गरी गोबरग्यांस बनाएका हुन् । उनीहरुले गोबरग्यांस बनाउन ७ हजारदेखि १२ हजारसम्म ऋण लिएका छन् । जुन पैसा प्लान्टका लागि आवश्यक पर्ने सिमेन्ट र रड किन्न मात्र प्रयोग गरेका छन् । “बांकी काम सवैले छिमेकमा आलापालो गरेर गर्‍यौं” मकैसीं ३ जटारकी सुन्तली चेपाङले बताइन् । “बालुवा ल्याउन, गिटी कुट्न र खाल्डो खन्न आलोपालो गर्‍यौं पैसा खर्च गर्नु परेन” उनले भनिन् ।

गोबरग्यांस राखेपछि उनीहरुले मासिक किस्ता तिर्न तरकारी खेती र पशुपालन गर्न थालेका छन् । “पहिले दाउरा खोज्ने समय आजभोली तरकारी खेतीमा लगाएका छौं, किस्ता तिर्न सजिलो भएको छ ।” उनले भनिन् । वन समुहबाट लिएको ऋणको किस्ता तिर्न उनीहरुले मासिक ४ सय देखि ७ सय रुपियांसम्म तिर्नुपर्छ “हामीले तरकारी बेचेर किस्ता तिर्ने गरेका छौं” जटारकै वेलीमायां चेपाङले बताइन् । “गोबरग्यांस राखेपछि धुवांमा वस्न परेको छैन एकै छिनमा खाना पाक्छ भांडा माझ्न सजिलो भएको छ” उनले भनिन् । परम्परागत गाउंले घरहरुमा एकै ठाउंमा भान्सा, सुत्नेकोठा र केटाकेटी पढ्न हुंदा धुवाबाट सबै समस्यामा पर्ने गरेका थिए । गएको हिउंदमा गोबरग्यांस बनाएपछि केटाकेटीलाई पढ्न पनि सजिलो भएको स्थानिय शिक्षिका यानुमाया चेपाङले भनिन् । “पहिले धुवांमा वस्दा सास फेर्न पनि सकिदैनथ्यो अहिले धेरै सजिलो भएको छ” स्थानिय ७० वर्षिय रुन्चीमाया चेपाङले बताइन् । “भान्से भएको ५० वर्ष भयो यस्तो सजिलो हुन्छ भन्ने के थाहा ?” उनले प्रश्न गरिन् ।

शुरुमा पैसा खर्च हुन्छ भनेर राख्न सकिंदैन कि भनेर गोबरग्यांस राख्न डराएका चेपाङ समुदाय सरल किस्तावन्दी र गोबरग्यांसको फाइदाको विषयमा प्रष्ट्याएपछि राख्न सहमत भएका थिए । “पहिले कसैले मान्नुभएको थिएन पछि सबैजना उत्साहित हुनुभयो आउंदो वर्ष ३० घरले बनाउने भएका छन्” महासंघकी सहजकर्ता कविता अर्यालले भनिन् । “सरल ब्याजदरमा ऋण नपाएको भए वर्षौंसम्म गोबरग्यांस बन्न संभव थिएन” उनले भनिन् ।

सामुदायिक वन उपभोक्ता महासंघ मार्फत वन समुहले ऋण लिइ उपभोक्ताहरुमा लगानी गरेपछि उनीहरुले वायोग्यांस बनाएका हुन् । वायोग्यांसका फाइदाहरुको विषयमा पनि महासंघले सहजीकरण गरेको थियो । यसवर्ष महासंघको प्रोत्साहनमा जिल्लाका बिभिन्न गाउामा ४०० गोवरग्यांस प्लान्ट बनेको सचिव दीपक भट्टराईले बताए । महासंघले जिल्लाका बोर्लाङ, धावा, नारेश्वर, च्याङ्ली आरुचनौटे र गोरखा नगरपालिकाका बिभिन्न वडाका सामुदायिक वन समुहमा गोबरग्यांस संबन्धि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । दलित, जनजाति, विपन्न, अल्पसंख्यक रहेका वन समुहमा सचेतना कार्यक्रम सञ्चालन गरेको महासंघले जनाएको छ । महासंघको प्रोत्साहनमा बनेका गोबरग्यांस प्लान्टमा आधाभन्दा बढी दलित र जनजातिको घरमा बनेका छन् । “अरुले त आफै पैसा खर्च गरेर बनाउन सक्छन्, सहयोग चाहिने गरिब र आर्थिक हैसियत कमजोर भएकालाई हो, त्यसैले समुह छनोट गर्दा दलित जनजाति भएकालाई छनोट गरेका हौं” उनले भने ।

कैलासवावु श्रेष्ठ

 गोरखा, भाद्र ४ गते ।

गोरखा जिल्लाको विभिन्न गाउा वाट कतारमा रोजगारीका लागी गएका गोरखालीहरुको संस्था गोरखा प्रवासी संघले आज एक कार्यक्रम विच गोरखा अस्पतालको लागी इसिजी मेसिन र विरामी सुत्ने वेड प्रदान गरेको छ । 

संघका कृण्ण भट्टराईले जिल्ला स्वास्थ्य प्रमुख डा.गुणराज लोहनीलाई सामान हस्तान्तरण गर्दै १० वटा विरामी सुत्नको लागी पुग्ने वेड दिने उद्वेश्य भएको भएता पनि अस्पतालमा इसिजी मेसिन नभएको कारण एक थान इसिजी मेशिन र तिन थान वेड प्रदान गरीएको वताउनु भयो ।

सोही अवशरमा वोल्नुहुदै जिल्ला स्वास्थ्य प्रमुख एवं गोरखा अस्पतालका डा.गुणराज लोहनीले रोजगारीको लागी विदेशीएर पनि स्वास्थ्य क्षेत्रमा गरेको सहयोगको सह्राना गर्दै अस्पतालको लागी प्राप्त भएको सामान कुनै पनि हालतमा दुरुपयोग हुन नदिने वताउनु भयो ।

कार्यक्रममा एकिकृत नेकपा माओवादीका रामवहादुर ढकाल, नेपाली कााग्रेसका राजन राज पन्त र नेकपा एमालेका वावुराम थापाको उपस्थिती रहेको थियो भने प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद वलीको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा सव साधारणको उल्लेख्य उपस्थिती रहेको थियो ।

 

आर्थिक सहयोग प्रदान गर्दै आश ब. गुरुङ्ग तथा अन्य कार्य समितिका पदाधिकारीहरु

आर्थिक सहयोग प्रदान गर्दै आश ब. गुरुङ्ग तथा अन्य कार्य समितिका पदाधिकारीहरु

गणेश बानियाा

१५ अगष्ट, २००९ / दोहा, कतार

कतार स्थीत एक किलिनिङ्ग कम्पनीमा कार्यरत क्यान्सरवाट पिडित नेपाली चेली देउमाया निरौलालाई गोरखा प्रवासी संघ तथा मनकामना साास्कृतिक परिवारले आर्थिक सहयोग गरेको छ । मनकामना साँस्कृतिक परिवारका अध्यक्ष आश ब. गुरुङ्ग, सचिब प्रेम अर्याल तथा गोरखा प्रवासी संघका सचिब गणेश वानिया, सह सचिब सुनवीर सुनुवार लगायतको संयुक्त टोलीले कतारी रियाल सात सय एक हस्तान्तरण गरेको हो ।

 झापा अर्जुनधारा गा.बि.सकी निरौला सुन्दर भविष्यको लागि ३ बर्ष पहिले कतार प्रवेश गर्नु भएको थियो । बिगत लामो समय देखि पाठेघरको क्यान्सरवाट पिडित देउमाया ३ महिना अघि देखि काम गर्न नसकी नियमित उपचार गराईरहनु भएको थियो । श्रीमान्ले अर्कै श्रीमति ल्याए पछि श्रीमान् संग सम्वन्ध बिच्छेद गरी दुई छोरीहरुको उज्वल भविष्यको खातिर कतारमा कार्यरत देउमायालाई आफ्नै कम्पनीमा कार्यरत महिला तथा पुरुष स्टाफहरुवाट एकहजार तिन कतारी रियाल तथा सिदार्थ रेमिटका बिबेक झा तथा ज्योति झाका तर्फवाट एक सय कतारी रियाल पिडितलाई हस्तान्तरण गरिएको कुरा उक्त कम्पनीकी साबित्री गिरीले जानकारी गराउनु भयो ।

आर्थिक अवस्था नाजुक रहेको र आफु पनि नेपाल फिर्ता भए पछि दुई छोरीहरुको पढाईमा समेत ठुलो असर पर्ने चिन्ता व्यक्त गर्दै आफुलाइृ सहयोग गर्ने सहयोगी प्रति आभार व्यक्त गर्नु भयो । पिडित देउमायालेे यो उपकारलाई आफुले कहिले पनि नभुल्ने बताउनु भयो । उहाँ यही अगष्ट चौध तारिख बेलुका गल्फ एवेरअज मार्फत नेपाल फिर्ता भइसक्नु भएको छ ।

गणेश बानियाा

अगष्ट ११, २००९ / दोहा  कतार

गोरखा प्रवासी संघ तथा संघको संरक्षकत्वमा स्थापित मनकामना साास्कृतिक परिवार कतारले बिगत लामो समय देखी हवाई टिकटको अभावमा कतार सरकारको फिर्ती केन्द्रमा रहेका दुई पिडित नेपालीहरुलाई हवाई टिकट उपलव्ध गराएको छ ।

गोरखा प्रवासी संघ तथा मनकामना साास्कृतिक परिवारले पिडित नेपालीहरुको सहयोगार्थ संयुक्त रुपमा यही जुन ५ तारीखमा आयोजना गरेको रमाइलो साास्कृतिक कार्यक्रम २००९ को कार्यक्रम आयोजन गरेको थियो । सो कार्यक्रमबाट संकलित रकमद्धारा पिडितद्धय बरहा क्षेत्र ९ सुनसरीका नर बहादुर दर्जी तथा मरिना ५ रुपन्देही घर भएका रामलाल हरिजनलाई टिकट उपलब्ध गराएको हो ।

मनकामना साास्कृतिक परिवारका अध्यक्ष आश ब. गुरुङ्ग , गोरखा प्रवासी संघका भुुपुूउपाध्यक्ष कमल दानकुटी, सचिब गणेश बानियाा, सल्लाहकार बिर ब. थापाको टोलीले नेपाली दुतावासका महामहिम राजदुत डा. सुर्यनाथ मिश्रलाई सो टिकट  हस्तान्तरण गरेको हो ।

उक्त टिकटको ग्रहण पश्चात कुरा गर्दै महामहिम राजदुत मिश्रुले संस्थाले चालेको कदम प्रति प्रसंशा गर्नु भयो । सबै संस्थाहरु मिलेर  सहयोग गरेमा समस्याको समधान हुने  बताउनु भयो । नर बहादुर दर्जी यही १४ अगष्ट नेपाल एअरलाईन्स मार्फत नेपाल फिर्ति हुदैछन् भने अर्का पिडित रामलाल हरिजन फिर्ति केन्द्रको आबश्यक पक्रिया पछि छिट्टै मुलुक र्फकने छन् ।

स्मरण रहोस् गोरखा प्रवासी संघ तथा मनकामना साास्कृतिक परिवारले कतारमा बिभिन्न समयमा जन हितका क्षेत्रमा बिभिन्न रचनात्मक कार्य तथा सांगितिक क्षेत्रमा बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

गोरखा प्रबासी संघ कतारको दोस्रो पूर्ण बैठक सम्पन्न
कतारमा कार्यरत गोर्खालीहरुको साझा संस्था गोरखा प्रबासी संघको दोस्रो पूर्ण बैठक यही शुक्रवार ७ अगष्ट, २००९ मा दोहामा सम्पन्न भयो । संघका प्रथम उपाध्यक्ष आश ब. गुरुङ्गको अध्यक्षतामा सचिब गणेश बानियाको सञ्चालनमा भएको उक्त बैठकले संस्थाले प्रथम पूर्ण बैठक देखी हाल सम्म भए गरेका कार्य प्रगतिहरुको समिक्षा गर्नुका साथै नया योजना पनि ल्याएको छ ।
बैठकले नेपालीहरुको महान् पर्व तिहारको उपलक्ष्यमा भाग्यशाली चिठ्ठा कार्यक्रमको आयोजन गर्ने , तीज पर्वमा मनकामना सास्कृतिक परिबार संग हातेमालो गर्दै तिज बिशेष कार्यक्रम गर्ने समेत निर्णय गरेको छ ।

गणेश बानिया

दोहा / कतार

कतारमा कार्यरत गोर्खालीहरुको साझा संस्था गोरखा प्रबासी संघको दोस्रो पूर्ण बैठक यही शुक्रवार ७ अगष्ट, २००९ मा दोहामा सम्पन्न भयो । संघका प्रथम उपाध्यक्ष आश ब. गुरुङ्गको अध्यक्षतामा सचिब गणेश बानियाको सञ्चालनमा भएको उक्त बैठकले संस्थाले प्रथम पूर्ण बैठक देखी हाल सम्म भए गरेका कार्य प्रगतिहरुको समिक्षा गर्नुका साथै नया योजना पनि ल्याएको छ ।

बैठकले नेपालीहरुको महान् पर्व तिहारको उपलक्ष्यमा भाग्यशाली चिठ्ठा कार्यक्रमको आयोजन गर्ने , तीज पर्वमा मनकामना सास्कृतिक परिबार संग हातेमालो गर्दै तिज बिशेष कार्यक्रम गर्ने समेत निर्णय गरेको छ ।

एनेकपा माओवादीका उपाध्यक्ष क. बाबुराम भट्टराई गोरखाको अमर ज्योति उच्च माबिको उद्घाटनमा मन्तव्य व्यक्त गर्दै साथमा हिसीला यमी

एनेकपा माओवादीका उपाध्यक्ष क. बाबुराम भट्टराई गोरखाको अमर ज्योति उच्च माबिको उद्घाटनमा मन्तव्य व्यक्त गर्दै साथमा हिसीला यमी

ऋषिराम भट्टराइ

२८ असार २०६६

                   महिला विकास कार्यालय गोरखाको निमित्त हाकिम रामेश्वर आचार्य दिनभर कार्यालयमा उपस्थित नहुदाा पूर्ण अपाङ्ग छोरी तिल कुमारी रोका सार्की डोकोमा बोकेकी आमा मनमाया रोका सार्की हाकिमको प्रतिक्षामा दिनभर महिला कार्यालयमा कष्टपूर्ण अत्यास लाग्दो दिन बिताइन् । २०४१ साल जेष्ठ ८ गते जन्मेकी छोरीको २०६० साल असार १० गते अपाङ्गताको परिचय पत्र बनाएकी हुन् ।

 छोरीको अपाङ्गता परिचय पत्र आˆनै गाउा गोरखा नगरपालिका वडा न.२ पस्लाङ्गका साधुराम भट्टराईले लगि आˆनै एक हात मात्र नचल्ने बहिनीको नाममा अपाङ्ग सुविधाको रकम झिकी खादै आएको दुखेसो पोखिन् । मन माया आज विहान १०ः१५ बजे डोकोमा छोरी बोकी महिला बिकास कार्यलय पुगेपनि कार्यलय प्रमुख भानु श्रेष्ठले लेखापाल रामेश्वर आचार्यलाई आˆनो निमित्त,  स्टोर किपर , लेखा र योजना समेत हेर्ने जिम्मा दिएर विदा लिई काठमाडौं गएकी थिइन् । विना सुचना कार्यलयमा निमित्त प्रमुख उपस्थित नभएपछि अपाङ्गता परिचय पत्र नयाा कार्ड स्टोर भित्र रहेकोले कार्ड बनाउन नसक्ने मुख्य महिला कार्यकर्ता अम्विका घिमिरेले बताइन् ।

पूर्ण अपाङ्गताको परिचय पत्र बारेमा जिल्ला प्रशासन कार्यलय का सहायक प्र.जि.अ.को कोठामा महिला विकासका महिला कर्मचारी जादाा सहायक पं्र.जि.अ. संगै रहेका नागरिकता फााट हेर्ने कृष्ण प्रसाद दाहालले अनावश्यक सोधपुछ र राजनैतिक गाली गलौज गरेको महिला विकास कार्यलयका एक कर्मचारीले वताइन् । उमेरले ६० वर्ष पुग्न लागेकी अपाङ्गकी आमा मन माया रोका सार्कीले ११ सन्तान जन्माएको र अहिले जिवित ४ छोरी मात्र रहेको र तिनवटाका विहे भेसकेको यही छोरी लाई सिहादैर्ं आˆनै गाउाका धनमान श्रेष्ठको सुन्तला वारीमा काम गरी दुःखले बााचेको जनदिशासाग बताइन् ।

 

 

Next Page »